सरकार र प्राधिकरणबीच कुनै टकराव छैनः कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकार र प्राधिकरणबीच कुनै टकराव नभएको बताउनुभएको छ । आफ्नो दोस्रो कार्यकालको तीन वर्ष पूरा भएको अवसरमा शुक्रबार विद्युत् प्राधिकरणमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँले प्राधिकरणले सरकारकै निकाय भएकाले निर्देशन पालना गर्नु आफुहरुको दायित्व भएको बताउनुभएको हो ।

उहाँले प्राधिकरण विद्युत् विकासका पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी हुने भरपर्दो स्रोत पनि बनेको समेत बताउनुभयो । आफ्नो पुँजीको तत्कालका लागि १० प्रतिशत सेयर आम सर्वसाधारणलाई निष्कासन गरी संकलन गरिएको रकम ठूला जलविद्युत् आयोजनाहरूमा लगानी गर्ने दिशामा प्राधिकरण अघि बढिसकेको घिसिङको भनाई छ ।

आफु नेतृत्वमा आएपछि प्राधिकरण नाफामा गएको बताउँदै धेरैले प्राधिकरणले कागजीरूपमा मात्र नाफा देखाएको भनेर निराधार आरोप लगाउने गरेको उहाँको भनाई छ । केही समयपछि देश पूर्ण रुपमा विद्युत्तीकरणमा गएको घोषणा हुने समेत उहाँले बताउनुभयो ।
बङ्लादेशमा पनि विद्युत्त निर्यात गर्ने सम्झौता हुने चरणमा रहेको तर त्यहाँको राजनीतिक अवस्थाका कारण सो प्रक्रियामा ढिलाई भएको उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us