काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
आइतबार तोलामा १ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार रु १०० मात्रै घटेर तोलामा १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको हो। यस्तै तेजाबी सुन तोलामा १ लाख ४८ हजार कायम भएको छ । यसैबिच सोमबार चाँदीको मूल्य तोलामा १ हजार ७१५ रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य तोलामा १ हजार ७२० रुपैयाँ कायम भएको थियो ।