नेपाली राष्ट्रिय क्रिकेट टोली भारत प्रस्थान

काठमाडौं। लिग–२ अन्तर्गत आगामी सेप्टेम्बरमा हुने त्रिकोणात्मक शृंखलाको तयारी गर्न नेपाली राष्ट्रिय क्रिकेट टोली भारत प्रस्थान गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार टोली सोमबार बिहान त्यसतर्फ प्रस्थान गरेको हो।

टोलीले बैंगलोरको राष्ट्रिय क्रिकेट एकेडेमी ९एनसिएमा० मा दुई साता प्रशिक्षण गर्ने क्यानले जनाएको छ। सेप्टेम्बरमा नेपालले क्यानडासँगै र ओमानबीच शृंखला खेल्न लागेको हो। लिग–२ यो दोस्रो शृंखला हो।

यसअघि नेपालले एसिसी मेन्स प्रिमियर कपको तयारी गुजरातको वापीमा गरेको थियो। त्यतिखेर गुजरात क्रिकेट एसोसिएसन र बरोडा क्रिकेट एसोसिएसनसँग नेपालले एसएमएस फ्रेन्डसिप कप ट्वान्टी–२० प्रतियोगिता पनि खेलेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *