७०.८१ अंकले बढ्यो नेप्से

काठमाडौं। सोमबार नेप्से परिसूचक बढेको छ । सोमबार नेप्से ७०.८१ अंकले बढेर २९३१.६५ बिन्दुमा पुगेको छ । आज नेपालको धितोपत्र बजारमा कारोबारले नयाँ रेकर्ड बनाएको छ । आज कुल २७ अर्ब २४ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

अघिल्लो दिन आइतबार एकैदिन रू. २५ अर्ब ७७ करोड बराबरको शेयर कारोबार भएर नयाँ कीर्तिमान कायम भएकोमा एकै दिनमा उक्त रेकर्ड टुटेको हो ।सेन्सेटिभ इण्डेक्स १०.५६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ५.७५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.०६ अंक बढेको छ।

आज नेप्से दिउँसो २ बजेर ४६ मिनेटमा २९ सय ३७.२५ को बिन्दुमा पुगेकोमा कारोबार अवधिको अन्तिम समयमा केही खस्किएर अन्तिम समयमा सामान्य बढेको थियो ।

कारोबार रकमका आधारमा आज सर्वाधिक हिमालयन रिइन्स्योरेन्सको १ अर्ब २२ करोड ८० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, शिवम् सिमेन्टको ९२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।आज १३ मध्ये ११ उपसूचकमा हरियाली छाएको छ । ५ हाइड्रोपावर र दुई जीवन बीमा कम्पनीको शेयरमा सर्किट लागेको छ । यसदिन हिमालयन लाइफ इन्स्योरेन्स र सूर्यज्योति लाइफ इन्स्योरेन्सको शेयर १० प्रतिशतले बढेको छ । यस्तै जोशी हाइड्रोपावर, श्वेतगंगा हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, शुभम पावर लिमिटेड र भिजन लुम्बिनी ऊर्जा कम्पनीको शेयरमा सर्किट लोको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us