काठमाडौं । रौतहटको गौरमा बुधबार बिहान एक वृद्व मृत अवस्थामा फेला परेका छन् । गौर नगरपालिका(५ कोइरी टोलका ७४ वर्षीय अनिरुद्ध महतोको शव घरभन्दा दुई सय मिटर पूर्व धान खेतमा फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरीका अनुसार महतोको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेकोले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।