काठमाडौं। सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएका छन्।
सिन्धुलीको तिनकान्याबाट सदरमुकामतर्फ आउँदै गरेको बोलेरो कमलामाई नगरपालिका–२ चियाबारीमा दुर्घटना भएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द काफ्लेले जानकारी दिनुभयो ।
वा २० च ८२८३ नम्बरको बोलेरो दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेलाई सिन्धुली अस्पताल लगिएको र उहाँहरूको नाम सङ्कलन गर्ने कार्य भई रहेको एसपी काफ्लेले जानकारी दिनुभयो । दुर्घटनापछि अवरूद्ध भएको बिपी राजमार्ग खुलाउनु प्रयास भइरहेको प्रहरीको भनाइ छ ।