सामाजिक, सांस्कृतिक तथा नैतिक वन्धन कमजोर भएका कारण अपराधहरु बढिरहेका छन्ः प्रधानमन्त्री ओली

काठमाडौं। मुलुकी संहिता दिवस, २०८१ को अवसरमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा सामाजिक, सांस्कृतिक तथा नैतिक वन्धन कमजोर भएका कारण अपराधहरु बढिरहेको बताउनुभएको छ ।

उहाँले यस प्रकारको अदृश्य बन्धनहरु कमजोर हुँदा अपराधहरु बढेको र अदालतमा धेरै मुद्दाहरु परेका बताउनुभयो । उहाँले समाजलाई सुव्यवस्थित रुपमा सञ्चालन गर्नका लागि सामाजिक, सांस्कृतिक तथा नैतिक वन्धनहरुको प्रवर्द्धन गर्नुपर्ने बताउनुभयो ।

मानिसहरु स्वयं नैतिक वन्धनमा नबाँधिए कानूनलाई जति संशोधन गरेपनि अपराध न्युनिकरण नहुने उहाँको भनाइ छ । उहाँले दण्ड र सजायले मात्रै अपराधको अन्त्य गर्न नसक्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले अपराधिक मनोवृत्ति घटाउनका लागि जनचेतना जगाउनुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us