काठमाडौं। मंगलबारको प्रदेश सभा बैठकमा लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाउनुभएको छ । मुख्यमन्त्री आचार्यले विश्वासको मतसम्बन्धी राखेको प्रस्तावका पक्षमा दुई तिहाइ सांसदहरूले मत दिनुभएको हो ।
आचार्य नेकपा (एमाले) संसदीय दल नेतापनि हुनुहुन्छ। उहाँ नेपाली कांग्रेसको समर्थनमा गत साउन ७ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। एमाले, कांग्रेस र पाँच वटा अरू दलहरूका सांसदले मुख्यमन्त्री आचार्यलाई विश्वास मत दिएका हुन्।
मुख्यमन्त्री आचार्यलाई एमालेका २९, कांग्रेसका २७, नाउपाका ४, जनमतका ३, लोसपाका ३, जनता समाजवादी पार्टीका २, जसपा नेपालका १ र स्वत्नत्र १ गरी ७० जना सांसदले मत दिएका हुन्।
मुख्यमन्त्री आचार्यले राखेको विश्वास मतसम्बन्धी प्रस्तावको विपक्षमा माओवादी केन्द्रका १०, नेकपा (एकीकृत समाजवादी)का १ गरी ११ जना उभिएका छन्। राप्रपाका ३ र राष्ट्रिय जनमोर्चाका १ गरी चार जना सांसद पक्ष वा विपक्षमा नरही तटस्थ ब सेका थिए।