काठमाडौं। उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सर्वसाधारणका लागि धरहरा खुला गर्ने तयारी भएको बताउनुभएको छ। बुधबार सिंहदरबारस्थित मन्त्रालयमा पूर्वाधार पत्रकारहरुसँगको छलफलका क्रममा उहाँले धरहराको सबै काम नसकिए पनि चढ्न चाहनेहरुका लागि आवश्यक बन्दोबस्त मिलाएर १०० दिनभित्र खुला गर्ने जानकारी दिनुभयो ।
धरहरा र सुकुम्बासी बस्तिका विषयमा शहरी विकास मन्त्री सिंहसँग छलफल गर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह सिंहदरबार पुग्नुभएको छ।
संसदकै पहिलो र दोस्रो ठूलो राजनीतिक दलहरु मिलेर सरकार बनेकाले नयाँ शहरहरुलाई पनि सुरक्षित र व्यवस्थित गर्दै लैजाने उहाँले बताउनुभयो।
उपप्रधानमन्त्री सिंहले नयाँ संसद भवन आफू मन्त्री भएर आउँदा नै ८२ प्रतिशत काम सकिसकेको र अहिले काम जारी रहेकाले समयसीमाभित्रै काम सकेर सञ्चालन गर्ने तयारी रहेको पनि बताउनुभयो । काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि पनि आवश्यक छलफल भइरहेको उहाँको भनाइ छ ।
राजधानीलाई सुधार गर्नुपर्छ भन्नेमा आफू सहमत रहेको र त्यसको लागि काम शुरु गरिसकेको सिंहले बताउनुभयो ।