परराष्ट्रमन्त्री राणा भारत भ्रमण सकेर आज स्वदेश फर्किँदै

काठमाडौं । भारतको पाँच दिने भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज स्वदेश फर्किँदै हुनुहुन्छ ।

भारतीय समकक्षी एस जयशंकरको निमन्त्रणमा आइतबार भारत भ्रमणमा निस्किनुभएकी मन्त्री राणा आज अपराह्न ४ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुग्ने उहाँको सचिवालयले जनाएको छ।

परराष्ट्रमन्त्री राणाले भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री जयशंकर र भाजपा विदेश विभाग प्रमुख डा।विजय चौथाइवाले लगायतसँग भेटवार्ता गर्नुभएको हो । भेटका क्रममा नेपाल भारत सम्बन्ध, व्यापार, कनेक्टीभिटी, हवाई रुट, विद्युत लगायत बहुआयामिक द्विपक्षीय हितका विषयमा कुराकानी भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us