काठमाडौं। आज बिहान जनकपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारले देशमा शान्ति, सुव्यवस्था र विधिको शासन कायम गर्ने बताउनुभएको छ ।
मन्त्री लेखकले सुशासन, दिगो शान्ति, विकास र समृद्धि प्राप्त गर्ने कुरामा सरकार अघि बढिरहेको बताउनुभएको हो । नेपाल प्रहरी ऐन २०१२ मा आवश्यक संशोधन गर्ने, परिमार्जन गर्ने र कानुन नै नयाँ बनाउने गरी गृहमन्त्रालयबाट प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।
गृहमन्त्री लेखकले प्रहरी सम्बन्धी संघका ऐनहरुमा संशोधन परिमार्जन गरेर प्रहरी समायोजन र प्रदेश प्रहरी गठन हुनुका साथै प्रहरी समायोजन प्रक्रियाले चाँडै अन्तिम रुप पाउने लगायतका मधेश प्रदेशको आफ्नै प्रहरी बल स्थापित हुने कुरामा विश्वस्त हुन आग्रह गर्नुभयो ।