काठमाडौं। अभिनेता विपिन कार्कीलाई मातृशोक परेको छ। उपचारका क्रममा बिहीबार बिहान ६ बजे पाटन अस्पतालमा विपिनकी आमा सरस्वतीको निधन भएको हो।
७२ वर्षिया सरस्वती विभिन्न दीर्घरोगबाट पीडित थिइन्। उनलाई पछिल्लो समय फोक्सोमा पानी जम्नेदेखि मस्तिष्कमा समस्या देखिएको थियो। चारदिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको परिवार स्रोतले जनाएको छ।
बिपिन आमाको पार्थिव शरिरको आज पशुपतिमा अन्येष्टि गरिएको छ। आमा बिरामी भएसँगै विपिन ‘ऊनको स्वीटर’ को सुटिङ बीचमै छाडेर काठमाडौं आएका थिए।