अहिलेको सरकारलाई कुनै गल्ति गर्ने छुट छैनः प्रधानमन्त्री ओली

काठमाडौं। बिहीबार प्रतिनिधि सभाको प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुलाई जनताले औंलो ठड्याउने ठाउँ नदिनेगरि काम गर्ने बताउनुभएको छ ।

बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई कुनै गल्ति गर्ने छुट नभएको बताउँदै जनताले औलो ठड्याउने गरि काम नगर्ने बताउनुभएको हो ।

सरकारलाई कुनै गल्ती गर्ने, अथवा कुनै अन्यौल सिर्जना हुनेगरि काम गर्ने, अथवा प्रतिफल नदेखिनेगरि काम गर्ने कुनै छुट् नरहेको प्रधानमन्त्री ओलीको तर्क रहेको छ। उहाँले वर्तमान सरकार संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र यसको कार्यान्वयनको पक्षमा स्प्पष्ट र दृढ रहेको स्पष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us