काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको साउन २८ गतेबाट स्थगित भएको बैठक आज बस्दै छ। बैठक पार्टी कार्यालय सानेपामा बिहान ११ बजे बस्नेछ ।
गत साउन २३ गतेबाट शुरु भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि नेताहरूले बोल्ने क्रम जारी छ ।महामन्त्री गगन थापाले छलफलका लागि प्रस्तुत गरेका ११ एजेण्डाका अतिरिक्त परिमार्जनसहित पेश भएका महासमिति बैठकका प्रतिवेदन माथि पनि बैठकमा छलफल हुँदै आएको छ ।
उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति प्रतिवेदन, महामन्त्री गगन थापाले राखेको सांगठनिक र अर्का महामन्त्री विश्व प्रकाश शर्माले राखेको समसामयिक प्रतिवेदन माथि छलफल केन्द्रित हुने एक नेताले जानकारी दिए ।
कांग्रेसमा अहिले १३ पदाधिकारीसहित १६८ सदस्यीय केन्द्रीय समिति छ । केन्द्रीय समितिमा पदाधिकारीहरूले धारणा राख्न बाँकी नै छ ।