विद्यार्थीहरुद्वारा त्रिविमा सरकार संरक्षित आतंक अविलम्ब बन्द गर्न माग

काठमाडौं। संयुक्त विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयमा भइरहेको सरकार संरक्षित आतंक अविलम्ब बन्द गर्न माग गरेका छन्। उनीहरूले त्रिवि कुलपतिसमेत रहेका प्रधानमन्त्रीले अनावश्यक हस्तक्षेप गरेको भन्दै विरोध गरेका छन् । कुलपतिको राजनीतिक हस्तक्षेपका कारण विश्वविद्यालय धरासायी भएको बताएका छन् ।

देशका सबै विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गर्न र प्राध्यापकहरूमाथि आक्रमण गर्ने व्यक्ति र समूलाई पक्राउ गरी कडा कार्वाही गर्न उनीहरूले माग गरेका छन् । उनीहरूले त्रिविमा पछिल्लो समय भइरहेको नांगो हस्तक्षेप, गुण्डागर्दी र राज्यसंरक्षित आतंकविरुद्ध संयुक्त विरोध कार्यक्रम गरेका हुन् । विद्यार्थीहरू जम्मा भएर शुक्रबार दिउँसो त्रिवि उपकुलपति कार्यालयमा प्रदर्शन गरेका छन् ।

पछिल्लो केही सातायता त्रिवि मानविकी तथा समाज शास्त्र संकायको विभागीय प्रमुख नियुक्तिलाई लिएर तनाव बढेको छ । केही विद्यार्थीहरूले विभागीय प्रमुख नियुक्तिलाई लिएर त्रिविका पदाधिकारीलाई मार्नेसम्मको धम्की दिएको समाचारबीच प्रदर्शन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us