इन्जिनियर्स एसोसिएसन निर्वाचनमा समाजवादी एन्जिनियर्स एसोसियसनको एकल उम्मेद्वारी

काठमाडौं। भाद्र २८ गते शुक्रबार नेपाल इन्जिनियर्स एसोसिएसन निर्वाचनमा समाजवादी इन्जिनियर एसोसियसनले उम्मेद्वारी दिएको छ । निर्वाचनमा एकीकृत समाजवादी निकट समाजवादी एन्जिनियर्स एसोसियसनले एकल उम्मेद्वारी दिएको हो।

एकीकृत समाजवादीको भातृ संगठन समाजवादी एन्जिनियर्स एसोसियसनले पार्टीका केन्द्रीय सदस्य इ. नन्दलाल बन्जाडेको नेतृत्त्वमा निर्वाचनमा होमिएको हो। एकीकृत समाजवादीको भातृ संगठन समाजवादी एन्जिनियर्स एसोसियसनले उपाध्यक्षमा इ. कृष्णा जिसी, महासचिवमा इ. विरोध रिजाल, उपमहासचिवमा इ. ओम प्रकाश सापकोटा, कोषाध्यक्षमा इ. दीपक बिष्ट, सह कोषाध्यक्षमा इ. आशिष थपलिया रहेका छन ।

त्यसैगरी सदस्यमा इ. नारायण केसी, इ. नरेश पोखरेल, इ. प्रविण गौतम, इ. मौसम भण्डारी, इ. दीपक सुवेदी, इ. प्रकाश श्रेष्ठ, इ. दीपक बहादुर बोहरा, इ. ओम प्रकाश अधिकारी, इ. लक्ष्मी कुमार महतो, इ. अशोक कुमार रिमाल र इ. दिवस सिलवाललाई उम्मेदवार बनाएको छ।समाजवादी इन्जिनियरिङ एसोसियसनका अध्यक्ष लगायत विभिन्न पदमा केन्द्रमा १७ जना र ७ वटै प्रदेशमा विभिन्न संगठन संग सहकार्य गरि विभिन्न पदमा उम्मेद्वारी दिएको छ।नेपालभर कार्यरत इन्जिनियरहरूको हक,हितका सवालमा काम गरी देशको समग्र भौतिक विकासलाई निर्देशित तथा व्यवस्थित गर्ने सवालमा अग्रणी भूमिका खेलेको एसोसिएसनलाई थप प्रभावकारी बनाउन आफ्नो टिमको उम्मेद्वारी रहेको महासचिवका उम्मेदवार बिरोध रिजालले बताउनुभयो ।

यस पटक एसोसिएसनको निर्वाचनमा समूहगत हिसाबले ६ वटा समूहहरू निर्वाचनमा भिड्दैछन। यस पटक मतदाताले समूह भन्दा पनि व्यक्तिलाई हेरेर मतदान गर्ने पक्षमा रहेको अध्यक्षका उम्मेदवार बन्जाडे बताउनुहुन्छ। प्राय जसो नेतृत्त्वमा रहेको लोकतान्त्रिक समूह आफ्ना विगतका कामहरुले आलोचित बनेको ,एशोसियसनलाई साँघुरो घेरामा राखेको र एशोसियसनलाई व्यक्तिगत स्वार्थमा प्रयोग गरेको आरोप धेरैको लगाउने गरेको माहासचिवका उम्मेदवार रिजाल दाबि गर्नुहुन्छ।

ठूल्ठूला र जटिल विषयहरुको उठानकालागि भन्दापनि नेपाल ईन्जिनियर्स एसोसिएसन प्रति आम ईन्जिनियरहरुको विश्वास बढाई संस्थाको गरिमालाई उच्च राख्ने सन्दर्भमा हाम्रो मुल नारा ‘इन्जिनियरको एकता, समृद्धिको सार्थकता’ सफल बनाउन हामी पूर्ण प्रतिबद्ध छौँ भनेर सदस्यका उम्मेदवार इ. नरेश पोखरेल भन्नुहुन्छ ।

समग्रमा यो समुहका उम्मेद्वार पाको उमेर देखि युवा सम्मका विभिन्न क्षेत्रमा उल्लेख्य कार्य गरेका इन्जिनियरहरू छन् । त्यसै गरि यस समाजवादी पेशागत इन्जिनियर समूहले बागमती प्रदेशमा इ. राम बहादुर घिमिरेको नेतृत्वमा उमेद्वारहरु घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us