सर्यो कांग्रेस कार्यसमिति बैठक

काठमाडौं। बुधबारका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक १६ गतेलाई सरेको छ। कांगेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गर्दै १६ गते २ बजे बस्ने जानकारी दिनुभएको हो।

२३ साउनदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा अब महामन्त्री, उपसभापति र सभापतिले बोल्न बाँकी छ । त्यसपछि महासमिति बैठकमा पेश भएका प्रतिवेदनहरु पास गर्नुपर्नेछ । प्रतिवेदनमा रहेको चुनावी गठबन्धन, एक्जिट पोलिसी र महाधिवेशनको कार्यतालिकाबारे विवाद छ ।

यसबारे सहमति जुटाउन सभापति शेरबहादुर देउवाले मंगलबार उपसभापतिद्वय र महामन्त्रीहरुलाई बोलाउनु भएको थियो। तर सहमति नजुटेपछि केन्द्रीय कार्यसमिति बैठक नै सारिएको एक नेताले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us