सातवटा संसदीय समितिको बस्दै

काठमाडौं। संघीय संसद् अन्तर्गत आज सातवटा संसदीय समितिको बैठक बस्दै छ । यसबाहेक संसदीय सुनुवाइ समितिको बैठक पनि बस्दै छ ।
बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि दफाबारे छलफल हुनेछ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठक बिहान साढे ११ बजे बस्नेछ ।

बैठकमा तयारी पोशाक निर्यातमा देखिएका नीतिगत समस्याका सम्बन्धमा नेपाल तयारी पोशाक उद्योग संघका प्रतिनिधिहरूसँग छलफल हुनेछ । हस्तकला क्षेत्रका नीतिगत समस्याका सम्बन्धमा नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने कार्यसूची छ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक दिउँसो २ बजे बस्दै छ । बैठकमा वन तथा वातावरण मन्त्रालयबाट यस आर्थिक वर्षमा सम्पादन हुने कार्यक्रम, कार्यसम्पादनमा रहेका समस्या र मन्त्रालयको बजेटका विषयमा छलफल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us