दुर्व्यसनविरुद्ध युवा तथा विद्यार्थीहरु जाग्न आवश्यक छः अध्यक्ष नेपाल

दोलखा। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लागु औषध दुर्व्यसनविरुद्ध युवा तथा विद्यार्थीहरु जाग्न आवश्यक रहेको बताउनुभएको छ । उहाँले लागु औषध दुर्व्यसनको सञ्जाल नै खडा गरी व्यापार गर्नेलाई समाजबाट नै बहिस्कार गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो । यसका लागि कठोर कानून आवश्यक रहेको उहाँको भनाइ थियो ।

दोलखामा रहेको गाईखुरा युवा क्लबले शुक्बार आयोजना गरेको लागु औषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रममा अध्यक्ष नेपालले लागू औषध दुर्व्यसन तथा कुलतबाट जोगाउनका लागि युवा एवं विद्यार्थीको भूमिका अहम रहने बताउनुभयो ।

उहाँले भन्नुभयो, “पछिल्लो समय लागु औषध दुर्व्यसनमा धेरै जसो युवा पुस्ता फस्दै गएको पाइन्छ । त्यसैले यसविरुद्ध विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थी र सामाजिक क्षेत्रमा सक्रिय युवाहरु त्यसविरुद्ध सचेतना अभियानसहित जाग्नुपर्छ ।” लागु औषध दुर्व्यसनका कारण युवाहरुले अकालमै जीवन गुमाउने परेको उल्लेख गर्दै उहाँले यसविरुद्ध सबै एकजुट हुन आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us