तोलामा ६ सयले घट्यो सुनको मूल्य

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य गिरावट भएको छ । शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर एक लाख ५२ हजार तीन सय रुपैयाँ कायम भएको हो ।

यस्तै आइतबार चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य आइतबार एक हजार सात सय ९५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us