काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको ३ सयले घटेर एक लाख ५२ हजारमा कारोबार भएको महासंघले जनाएको छ ।
यस अघि आइतबार सुनको मूल्य १ लाख ५२ हजार ३सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर १७७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।