काठमाडौं। सन् २०२४ को अगष्टमा विदेशी पर्यटकको आगमन ८.३ प्रतिशतले बढेको छ ।
नेपाल पर्यटक बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार सन् २०२३ को अगष्टको तुलनामा यस वर्षको सोही अवधिमा पाँच हजार पाँच सय ६६ पर्यटक बढी नेपाल भित्रिएका हुन् ।
सन् २०२४ को अगष्टमा ७२ हजार सात सय१९ जना पर्यटक नेपाल भित्रिएका छन् । अगष्टमा भारतबाट सबैभन्दा बढी २५ हजार आठ सय ३२, चीनबाट ६ हजार ६ सय १४, अमेरिकाबाट पाँच हजार ६ सय १४, श्रीलङ्काबाट चार हजार आठ सय ५१ र बङ्गलादेशबाट तीन हजार ७७ पर्यटक नेपाल आएका छन् ।