डीसीद्वारा चलचित्र विकास बोर्डको अध्यक्षको पदभार ग्रहण

काठमाडौं । सोमबार बिहान सञ्चारमन्त्रायलबाट नियुक्ति पत्र बुझेपछि चलचित्र विकास बोर्डको अध्यक्ष दिनेश डीसीले बोर्डको कार्यालय पुगेर पदभार ग्रहण गरेका छन्। कार्यभार सम्हाल्दै अध्यक्ष डिसीले आफूले बोर्डमा नयाँ ढंगले काम गर्ने बताएका छन् ।

गत बिहीबारको मन्त्रिपरिषद् बैठकले डिसीलाई चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गरेको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बोर्डको अध्यक्षका लागि आवेदन दिएका मध्येबाट तीन जनाको नाम सिफारिस गरेको थियो । जसमा डिसीसहित दीपा पाण्डे र राजेश थापा रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us