दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछु । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुनेछ ।

त्यस्तै आजै सहरी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र खानेपानी मन्त्रालयसम्बन्धी सांसदहरूले उठाएको मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ।

सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले समितिको कार्यावधि थपसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नेछन्। विशेष समितिलाई यससघि ३ महिना समयावधि दिइएकामा अब १५ दिन थप्ने तयारी छ।

यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका माननीय सभापति अम्मरबहादुर थापाले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन र सावर्जनिक सेवा प्रशारण विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने कार्यसूची छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us