काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
मंगलबार सुन तोलाको एक लाख ५२ हजारमा कारोबार भएको महासंघले जनाएको छ । यस अघि सोमबार पनि सुनको मुल्य १ लाख ५२ हजारमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी तोलाको एक हजार सात सय ७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।