राष्ट्र बैङ्कले दशैँका लागि सुकिला नोट मात्र दिने

काठमाडौं। हरेक वर्ष दशैँका लागि नयाँ नोट बाँड्दै आएको नेपाल राष्ट्र बैङ्कले यस पटक नयाँ नोटलाई बन्द गरेर सुकिला नोट मात्र दिने भएको छ । दशैँ तिहार लक्षित नयाँ नोट सटही सुविधा प्रदान गर्दै आएको राष्ट्र बैङ्कले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको जनाएको हो ।

खर्चको व्यवस्थापन गर्न राष्ट्र बैङ्कले केही वर्षअघिदेखि नयाँ नोटको सट्टा सुकिला नोट दिने अभ्यासलाई अघि बढाउने योजना बनाएकोले यसपालि पुराना सुकिला नोट सटही गरिदिने तर नयाँ नोट नदिने राष्ट्र बैङ्कका प्रवक्ताले जानकारी दिनुभयो ।

दशैँमा साना तथा ठुला दरका नोट आवश्यक हुनेलाई एक वर्षअघि बजारमा पठाएर फिर्ता आएका सुकिला नोट बैङ्कमार्फत् सटही व्यवस्था मिलाउनुको साथै डिजिटल कारोबारलाई प्रोत्साहन गर्न र नो छपाइ खर्च कम गर्न यस्तो निर्णय गरेको राष्ट्र बैंङ्कले जनाएको छ।

दशैँ तिहारका लागि ५, १० २०, ५० र १०० का साना दरका नोट सटहीको सुविधा दिँदै आएको राष्ट्र बैङ्कले यस पटक सोही नोट सटहीको सुविधा दिने छ । यस पटक पनि प्रतिव्यक्ति १८ हजार पाँच सयकै हाराहारीमा नोट सटही गरिने राष्ट्र बैङ्कले उल्लेख गरेको हो। राष्ट्र बैङ्कका अनुसार पाँच वर्षको औसत हेर्दा नयाँ नोट छपाइका लागि नै एक अर्ब ३० करोड रुपैयाँ बर्सेनी खर्च हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us