काठमाडौं। नेपालले क्यानडामा क्यानडा र ओमानसँग त्रिकोणात्मक टी २० सिरिज खेल्ने निश्चित भएको छ । बुधबार क्यानडा क्रिकेट संघले सिरिजको खेल तालिका प्रकाशित गरेसँगै नेपाल त्रिकोणात्मक टी २० सिरिज खेल्ने निश्चित भएको हो ।
टी २० आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिज पछि हुने भएको छ । लिग २ सिरिजमा पनि घरेलु टोली क्यानडा, नेपाल र ओमान सहभागी हुँदै छन् । खेल तालिका अनुसार सेप्टेम्बर १६ देखि २६ सम्म लिग २ अन्तर्गतको सिरिज हुने छन् भने २९ सेप्टेम्बरदेखि ३ अक्टोबरसम्म टी २० सिरिज हुने छ ।
टी २० सिरिज पछि नेपालले क्यानडासँग एकदिवसीय सिरिज खेल्ने पनि क्यानको बार्षिक क्यालेन्डरमा उल्लेख छ तर यस सिरिजका बारेमा क्यानले अहिले स्पष्ट गरेको छैन । हाल नेपाली राष्ट्रिय क्रिकेट टिम लिग २ को सिरिजको तयारीका लागि श्रीलंकामा अभ्यास गरिरहेको छ ।