काठमाडौं महानगरद्वारा पलेशालाई नगद पुरस्कार सहित सम्मान

काठमाडौं। काठमाडौं महानगरले फ्रान्सको राजधानी पेरिसमा जारी पारालिम्पिक २०२४ मा इतिहास रच्दै कांस्य पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

बुधवार महानगरका नगर प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डङ्गोलले तेक्वान्दो खेलाडी पलेशालाई नगद ५ लाख रुपैयाँ पुरस्कारसहित सम्मान गरेका हुन् । त्यस्तै पलेशाका प्रशिक्षक कविराज नेगीलाई पनि महानगरले नगदसहित सम्मान गरेको छ । उनलाई महानगरले ३ लाख नगदसहित सम्मान गरेको हो ।

पारालिम्पिक्समा पदक जितेकी तेक्वान्दो खेलाडी पलेशा बुधवार नेपाल​ आइपुगेकी हुन् । ऐतिहासिक पदक लिएर स्वदेश फर्किएकी उनलाई बुधवार काठमाडौंमा नगर परिक्रमा गराइएको थियो ।

पारालिम्पिक्समा के ४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिमा प्रतिस्पर्धा गरेकी पलेशाले कास्य जितेकी थिइन्। यो नै नेपाली खेलाडीले ओलम्पिकमा जितेको पहिलो पदक हो ।

पलेशाले सर्वियाकी मारिया मिसेभलाई १५–८ ले पराजित गर्दै कास्य पदक जितेकी हुन् । पलेशाले पारा एसियाली खेलकुदमा पनि कास्य जितेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us