निर्मला पन्त हत्या प्रकरणको सुक्ष्म रुपमा अनुसन्धान हुनेः गृहमन्त्री लेखक

काठमाडौं। गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सुक्ष्म रुपमा अनुसन्धान हुने बताउनुभएको छ । बिहीबार महेन्द्रनगरमा प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्ममेलनमा बोल्दै उहाँले निर्मला पन्त हत्या प्रकरणलाई गम्भीरताका साथ लिएको बताउनुभयो।

कञ्चनपुरको भीमदत्त नगरपालिका २ की निर्मला पन्त २०७५ साउन ११ मा घरबाट गृहकार्य गर्छु भन्दै नजिकै रहेको साथीको घरमा गएका बेला बेपत्ता भएकी उनी नजिकैको उखुबारीमा मृत फेला परेकी थिइन् ।

लामो समय बितिसक्दा समेत दोषी पत्ता लाग्न सकेको छैन । त्यसैगर गृहमन्त्री लेखकले पत्रकार सम्मेलनमा कञ्चनपुरको दोधारा चाँदनीलाई देशको सबैभन्दा ठुलो नाकाका रुपमा विकास गर्ने बताउनुभयो ।

उहाँले दोधारा चाँदनी सुख्खा बन्दरगाह निमार्ण गर्न छिमेकी मुलुक भारत तयार रहेकोले दुई,तीन महिनाभित्रै सुख्खा बन्दरगाह निमार्णका लागि भारतले टेन्डर आह्वान गर्ने उल्लेख गर्नुभयो । तीन दिने भ्रमणमा गृहजिल्ला पुगेका मन्त्री लेखकले कञ्चनपुरमा दुईवटा प्रहरीका भवन उद्घाटन गर्नुभएको छ । त्यसैगरी, उहाँले बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us