काठमाडौं। आज सेयर बजार परिसूचक नेप्से १२.१० अंकले घटेर २७२७.३६ को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा कारोबार भएको ३१६ कम्पनीको २ करोड १ लाख ५३ हजार ९९३ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ६५ करोड १५ लाख १३ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा ११ वटा उपसूचक राताम्मै भएको छ ।
आज सबैभन्दा बढी नेपाल फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ४० करोड ५० लाख ९९ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको एनएलजी रिइन्स्योरेन्सको ३४ करोड २२ लाख १७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै यस दिन गुडविल फाइनान्सको २९ करोड ९६ लाख ७९ हजार रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको २९ करोड ४ लाख ६६ हजार रुपैयाँ, अपी पावर कम्पनीको २२ करोड ६१ लाख २६ हजार रुपैयाँको कारोबार भएको हो ।