काठमाडौं। मंगलबार नेप्से १३.०९ अङ्कले गिरेर २६३२.९४ विन्दुमा रोकिएको छ । आज ३२८ कम्पनिको कारोबार हुदा १ करोड ९० लाख ७७ हजार ५८३ कित्ता शेयर ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार ४२१ को खरिद बिक्री भएको छ ।
मंगलबार कारोबार भएकामध्ये १७० कम्पनीको मूल्य घटेको छ । ८ कम्पनीको मूल्यस्थिर रह्यो भने ६७ कम्पनीको मूल्य बढेको छ । नेप्सेका अनुसार आज मानुषी लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किमको मुल्य सबैभन्दा बढी ८.८२ प्रतिशतले घटेको छ ।आज सबैभन्दा बढी हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्टको सबै भन्दा बढी २९ करोड ८१ लाख ५४ हजार ७७ बराबरको शेयर कारोबार भएको छ ।