अमेरिकाले दियो सन्दीप लामिछानेलाई भिसा

काठमाडौं । आईसीसी विश्वकप लिग २ खेल्न जान अमेरिकाले मंगलबार क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिएको छ । आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टोली मंगलबार राति क्यानडा उडिसकेको छ । उक्त टोलीमा सन्दीप पनि छन्।अमेरिकाले दियो सन्दीप लामिछानेलाई भिसा

क्यानडामा लिग २ को सिरिज खेलिसकेपछि नेपाली टोली अमेरिका जाने छ। केही महिनाअघि टी २० विश्वकपका लागि सन्दीपलाई भिसा नदिएको अमेरिकाले यसपटक भने दिएको हो।

लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले यही सेप्टेम्बर १६ र २२ मा क्यानडासँग तथा सेप्टेम्बर १८ र २४ मा ओमानसँग खेल्ने छ। यी दुई टोलीसँग नेपालले त्रिकोणात्मक टी २० सिरिज पनि खेल्ने छ। सिरिजअन्तर्गत क्यानडासँग सेप्टेम्बर २८ र अक्टोबर १ तथा ओमानसँग सेप्टेम्बर २९ र अक्टोबर २ तारिखमा प्रतिस्पर्धा गर्नेछ।

त्यसपछि नेपाली टोली लिग २ अन्तर्गतकै अर्को सिरिजका लागि अमेरिका प्रस्थान गर्ने छ। अमेरिकामा घरेलु टोलीसँगै स्स्कटल्यान्डसँग प्रतिस्पर्धा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us