काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सोमबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आइतबारको तुलनामा आज मूल्य थप बढेर १ लाख ५९ हजार २ सय रुपैयाँ हुँदै नयाँ रेकर्ड कायम भएको हो ।
अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ५८ हजार ८ सय रुपैयाँ कायम हुँदा यस्तै छापावाल सुन नै प्रति १० ग्राम एक लाख ३६ हजार चार सय ९० रुपैयाँ कायम भएको छ । यसैबीच सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ ।
अघिल्लो दिन तोलामा एक हजार नौ सय २० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको महासंघको भनाइ छ ।