काभा महिला क्लब भलिबल च्याम्पियनसिपको उपाधि जितेर फर्किएको टोलीलाई भव्य स्वागत

काठमाडौं। माल्दिभ्समा सम्पन्न काभा महिला क्लब भलिबल च्याम्पियनसिपको उपाधि जितेर स्वदेश फर्किएको नेपाल पुलिस क्लबको टोलीलाई अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।

विजेता टोलीलाई प्रहरीका अधिकृतहरुले विमानस्थल परिसरमा ब्याण्डबाजा, पुष्पगुच्छा, खादा र मालाले स्वागत गर्दै उहाँहरुलाई फूल र बेलुनले सजाइएको प्रहरी भ्यानमा राखेर गन्तव्यतर्फ पुर्याइएको हो ।

शनिबार भएको फाइनलमा उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३० को सोझो सेटमा पराजित गर्दै पुलिसले पहिलो संस्करणमै उपाधि जितेको थियो ।

६ टोली सहभागी प्रतियोगितामा पुलिसले अपराजित रहँदै उपाधि जित्ने क्रममा ६ खेल नै जित्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us