काठमाडौं । चालु आर्थिक वर्ष २०८१र०८२ को दुई महिनामा २ खर्ब ६२ अर्ब ५४ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ । तर, सोही अवधिमा २५ अर्ब ९ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको हो ।
गत आर्थिक वर्षको दुई महिनामा आयात भएको तुलनामा यो वर्षको सोही अवधिमा आयात १.८ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको साउन र भदौमा दुई खर्ब ५९ अर्ब ७४ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको थियो ।