यस्तो छ विश्वभर कोरोना संक्रमितको संख्या

काठमाडौं ।  विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने कोरोना अपडेटका अनुसार दैनिक संक्रमण दर र मृत्यु दर घटबढ भइरहेकाे देखाएको  छ ।

त्यस्तै, केही दिनदेखि विश्वभर संक्रमित र मृत्यु दरमा निरन्तर गिरावट आइरहेको छ । विश्व स्वास्थ्य संगठनकाे दैनिक तथ्यांक हेर्दा काेराेना संक्रमण महामारी निरन्तर ओरालो लागेको संकेत देखिएकाे छ ।

विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन २ हजार ९७९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट २ हजार ९७९ को मृत्यु भएको हो।

त्यस्तै, विगत २४ घण्टामा विश्वभर १० लाख ५ हजार ८५० जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ। हालसम्म विश्वभर ४३ लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने ४४ हजार बढी गम्भीर अवस्थामा रहेका छन् । त्यस्तै, पछिल्लाे २४ घण्टामा थप  १२ लाख ८५ हजार ५३० संक्रमित निकाे भएका छन् ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म ५० करोड १० लाख  ९ हजार ५५१ जनामा कोरोना संक्रमण भएको छ। त्यस्तै, ४५ करोड ८ लाख १० हजार ८२६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको पछिल्लो तत्थ्यांक अनुसार ६२ लाख ९ हजार १२० जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us