काठमाडौं । नेपाल सुनचाँदी व्यवासयी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँ बढेर १ लाख ६० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि बढेर कारोबार भएको छ । चाँदीको मूल्य १० रुपैयाँ बढेर एक हजार ९३५ रुपैयाँ बढेर कारोबार भइरहेको छ । मंगलबार एक हजार ९२५ रुपैयाँमा कारोबार भएको थियो ।