काठमाडौं। दशैंपछि सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ। दशैंअघि असोज २३ गते प्रतितोला १ लाख ५९ हजार १ सय रुपैयाँ रहेको सुन आज मंगलबार १४ सयले बढेर १ लाख ६० हजार ५ सय रुपैयाँ पुगेको छ।
असोज १८ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ६१ हजार ३ सय रुपैयाँ पुगेको थियो। त्यस्तै चाँदी प्रतितोला २५ रुपैयाँ बढेको छ। दशैंअघि २३ गते प्रतितोला १९०० रुपैयाँ रहेको चाँदी आज १९२५ रुपैयाँ कायम भएको छ।