तोलामा २ हजारले बढ्यो सुनको मूल्य

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य एकै दिन २ हजार रुपैयाँले बढेको छ । आजको लागि तोकेको मूल्य अनुसार छापावाला सुनको मूल्य १ लाख ६४ हजार ४०० रुपैयाँ कायम भएको हो ।

बिहीबार यस्तो मूल्य १ लाख ६२ हजार ४०० रुपैयाँ रहेको थियो । आजका लागि निर्धारित मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो। चाँदीको मूल्य प्रतितोला एक हजार ९ सय ८० रुपैयाँ तोकिएको छ । बिहीबार यस्तो मूल्य १ हजार ९ सय ५० रुपैयाँ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us