उहिल्यैको कुरा हो ।एक दिन,एउटा ब्वाँसो र स्यालले एकसाथ खेतको काम गर्ने निर्णय गरेछन् । उनीहरूले सोचेछन् ,समय बदलिँएको छ,अब सहकार्य गरेर अघि बढ्यो भने सवैलाई फाइदा हुनेछ भन्ने लागेर ब्वाँसोलाई स्यालले भनेछ, ” ए ब्यासा दाइ अब हामी पनि यसो खेतीपातीतिर लागेर आफ्नो खाने प्रबन्ध चै आफ्नै पौरखबाट गरौं जस्तो लाग्यो। तपाई के भन्नू हुन्छ नि ?”
स्याल भन्दा व्याँसो चलाख थियोे। ब्याँसोले स्याललाई ठग्ने योजना बनाएको स्यालले थाहै पाएन।
उनीहरूले पहिले सँगै बस्ने पनि सल्लाह गरेका थिए तर खेतमा काम गरेपछि दुबै साथमा होइन्छ भन्ने लागेर स्यालले ब्यासोलाई भन्यो, “हामीले पाएको अन्नलाई बराबर भागबण्डा गर्न पर्छ है ।” सर्त मान्न ब्याँसो तयार भयो ।
” तरपछि ब्वाँसोले स्याललाई “हेर, मैले एउटा नयाँ तरिका सिकेको छु।त्यो कुरा लागू गर्न पाइयो भने हामीलाई धेरै अन्न पाउने वातावरण बन्छ। हामीले अन्नलाई दुई भाग बाडनुपर्छ । अनि तिमीले पहिले मलाई तिम्रो भाग दिनपर्छ। म त्यसलाई विशेष तरिकाले बढाउँछु।अनि तिमी र म दुबैको बढेको भागलाई पनि मिलेर बढाउँला नि ! हुन्न र ?”
स्याल, ब्वाँसोको चालाकीबाट अनभिज्ञ थियोे । सोझो स्यालले आफ्नो भाग आफुले लिन छोडेर बढाउन भन्दै ब्वाँसोलाई नै दियो। स्यालले दिएको भाग र आफ्नो भाग दुबै बटुलेर ब्याँसोले स्याललाई देखाउँदै भाग्यो।
स्याल,ब्वाँसो आउँछ कि भनेर बाटोतिर फर्केर बसेको बसै साँझ पर्यो ।
सीता ओझा