काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल टर्कीको इस्तानबुल प्रस्थान गर्नुभएको छ।
ग्लोबल ट्रान्सपोर्ट कनेक्टिविटी फोरम २०२५ मा भाग लिन मन्त्री दाहाल नेपाली प्रतिनिधी मण्डलको नेतृत्व गर्दै बिहिबार बिहान प्रस्थान गर्नु भएको हो।
जुन २७ देखि २९ सम्म आयोजना हुने समारोहमा भाग लिन मन्त्री दाहाल ईस्तान्बुल जानु भएको हो। समारोहमा मन्त्री दाहालले जुन २७ का दिन भुपरिबेष्ठित बाट भुजडीत प्रयास मार्फत क्षेत्रीय विकासका रणनीतिक अवसरहरुका बिषयमा संवोधन गर्नु हुने छ।
सो समारोहमा विभिन्न मुलुकका मन्त्रीहरु, उच्चस्तरीय नीति निर्माता, अन्तर्राष्ट्रिय संस्थाहरू तथा वित्तीय संस्थाहरूका प्रतिनिधिहरू, उद्योग क्षेत्रका अगुवा, निजी क्षेत्र तथा विज्ञहरू सहभागी हुने जनाईएको छ । कार्यक्रममा अन्तर्राष्ट्रिय यातायात मार्गहरूको विकास तथा अभिवृद्धिमा उच्चस्तरीय छलफल हुने छ । मन्त्री दाहाल ३० जुनमा नेपाल फर्कने कार्यतालिका रहेको छ ।