बोक्सीको आरोपमा दुई वृद्धा महिलामाथि निर्घात कुटपिट

महोत्तरी । महोत्तरीमा बोक्सीको आरोपमा दुई वृद्धा महिलालाई निर्घात कुटपिट गरिएको छ ।

जलेश्वर नगरपालिका(६ धवौलीका कालीदेवी महतो र दुलरिया महतोलाई बोक्सीको आरोपमा  छिमेकीले निर्घात कुटपिट गरेको पीडित पक्षले बताएको छ ।

छिमेकी भुलन रामचमारले आफ्नी बुहारीलाई टुनामुना लगाएर बिरामी बनाएको भन्दै उनीहरूलाई कुटपिट गरिएको बताइएको छ । कुटपिटका क्रममा दुवैजनाको  मुख, घाँटी र ढाडमा चोट लागेको छ । अहिले कालोदेविको जानकी हेल्थ केयर जनकपुरमा उपचार भइइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us