नेपाल टेलिकमको भ्यालेन्टाइन डे अफर: आज दिनभर भोल्टी कल निःशुल्क

नेपाल टेलिकमले भ्यालेन्टाइन डे अफर ल्याएको छ। यस अवसरमा टेलिकमले अनलिमिटेड डेटा र अनलिमिटेड भ्वाइस अफर उपलब्ध गराएको छ।

यो अफर मंगलबार उपलब्ध हुनेछ। अफर अन्तर्गत ४९ रूपैयाँमा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घन्टा र कम्पनीको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस सेवा डे कम्बो अफर उपलब्ध हुनेछ।

त्यस्तै, हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटिई अर्थात भोल्टी सेवामा भ्यालेन्टाइन डेकै अवसरमा सोमबार कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क प्रदान गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

*1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ।

यसैगरी नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटिई अर्थात भोल्टी सेवामा भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क प्रदान गरेको छ।

यो सेवा एक्टिभेट गर्न आफ्नो मोबाइलबाट *444# डायल गर्नुपर्ने कम्पनीले जनाएको छ।

याे सेवा प्रयोग गर्न सिम र मोबाइल सेट दुवैले भोल्टी सपोर्ट गर्ने हुनुपर्छ। निःशुल्क कल सुविधा नेपाल टेलिकमको नेटवर्कभित्र गरिने कलमा मात्र लागू हुने जनाइएको छ।

साथै, भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते एमपोसबाट गरिने रु. २०० देखि रु. ४९९ सम्मको रिचार्जमा ५१२ एमबी डेटा र रु. ५०० वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डेटा बाेनसको रुपमा निःशुल्क उपलब्ध हुने कम्पनीले जनाएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us