अनिश खतिवडा, भक्तपुर ।
म सत्य हुँ,
आज भोलि मेरो कसैलाई खासै चासो छैन,
आज भोलि खोक्रो आड्म्बरमा रमाउनेको जमातमा,
मलाई म जस्तै चिन्नेको जमात निकै थोरै छ ।
कहिलेकाहीँ त मलाई लाग्छ,
यो समाज, चालचलनमा मलाई भेट्न भन्दा,
दर्शन र किताबका पानाहरुमा म छिटो अनि धेरै भेटिन्छु ।
अवस्था जेसुकै होस् तर मलाई यो पनि थाहा छ,
म नै हो जस्लाई आत्मसात् नगरि, जीवन जगतको महत्व रत्तिभर छैन ।
मलाई थाहा छ म तितो छु,
तर तितोको मिठास बुझ्नेलाई हुन्छ ।
मलाई झूट जस्तो मिठो बन्न कहिले आएन,
किनकी म देखावटी र क्षणभरको हैन ।
म खुसी छु खुसी दिन्छु,
किनकी खुसीको श्रोत म हुँ ।
म सुरुवात हुँ,
अनि म अन्त्य पनि,
जीवन म हुँ, म मृत्यु पनि,
म भरोसा हुँ, म विश्वास पनि,
झुटो आश्वासन म हैन,
म आफू जस्तै म हुँ,
म त सदा सर्बदा हुँ,
किनकी म सत्य हुँ ।।