महिला सुरक्षा दबाव समूहद्वारा महिला हिंसा र मनोपरामर्श विषयक तालिम सम्पन्न

काठमाडौं । महिला सुरक्षा दबाव समूहले महिला हिंसा सम्बन्धी कानुनी व्यवस्था तथा हिंसा प्रभावित व्यक्तिहरूका लागि आवश्यक मनोपरामर्श सेवाबारे दुईदिने तालिम कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा समुदायका हिंसा प्रभावित महिला, युवा तथा संस्थाका सदस्य गरी २० जनाको सहभागिता रहेको थियो।

तालिमको पहिलो दिन २०८३ जेठ ४ गते महिला हिंसा सम्बन्धी बनेका कानुनहरूबारे प्रा.डा. शशी अधिकारीले सहभागितामूलक शैलीमा प्रशिक्षण दिनुभएको थियो। कार्यक्रममा संस्थाकी अध्यक्ष इरादा गौतमको अध्यक्षता रहेको थियो। संस्थाकी कर्मचारी राधा विष्टले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य कार्यकारी निर्देशक बुद्धिकला खनालले राख्नुभएको थियो भने समापन संस्थाकी सदस्य गीता भट्टराईले गर्नुभएको थियो।

त्यसैगरी दोस्रो दिन २०८३ जेठ ५ गते हिंसा प्रभावित व्यक्तिहरूका लागि मनोपरामर्श सम्बन्धी तालिम सञ्चालन गरिएको थियो। कार्यक्रमको अध्यक्षता संस्थाकी महासचिव बैजयन्ती कार्कीले गर्नुभएको थियो भने सञ्चालन कार्यकारी निर्देशक बुद्धिकला खनालले गर्नुभएको थियो। नागरिक आवाजका मनोपरामर्शविद् एन्टिना रन्जितकारले प्रशिक्षण दिनुभएको उक्त कार्यक्रमको समापन अध्यक्ष कार्कीले गर्नुभएको थियो।

दुवै दिन सञ्चालन गरिएको तालिम सहभागितामूलक अभ्यास, चित्र तथा व्यावहारिक विधिमार्फत सम्पन्न गरिएको संस्थाले जनाएको छ। सहभागीहरूले महिला हिंसा सम्बन्धी कानुन, उपचार तथा सहयोगका उपाय, मानसिक तनाव व्यवस्थापन र मनोपरामर्शका विभिन्न पक्षबारे जानकारी प्राप्त गरेका थिए। साथै सामूहिक क्रियाकलाप, योग अभ्यास, शरीरलाई रिल्याक्स गराउने विधि तथा मानसिक तनाव कम गर्ने उपायहरूको प्रयोगात्मक अभ्याससमेत गरिएको थियो।

संस्थाका अनुसार यस्ता कार्यक्रमले हिंसा प्रभावित महिलाहरूलाई आत्मविश्वास वृद्धि गर्न, मानसिक रूपमा सशक्त बन्न तथा आफ्नो अधिकारबारे सचेत हुन सहयोग पुग्ने विश्वास लिइएको छ।

तस्बिरहरू :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2