मेची राजमार्ग अवरुद्ध, वैकल्पिक सडक पनि ठप्प : दस दिनदेखि इलाम–झापा सम्पर्क विच्छेद

इलाम । बाढी र पहिरोले अवरुद्ध मेची राजमार्गको विकल्पका रूपमा तयारी गरिएको तिल्केनी–सिमलगोलाइ सडक अझै सञ्चालनमा आउन सकेको छैन । इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्ड अवरुद्ध भएपछि वैकल्पिक बाटो खोल्ने प्रयास भइरहे पनि दस दिन बित्दासम्म पनि आवागमन सामान्य बन्न सकेको छैन ।

जिल्ला प्रशासन कार्यालय र सडक डिभिजन इलामले अस्थायी डाइभर्सनमार्फत साना सवारी सञ्चालन गर्ने तयारी गरिरहेका छन् । तर, माइजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका–१० गोदक जोड्ने जोगमाई खोलामा उच्च पानीबहाव र ह्युमपाइपको अभावका कारण काममा ढिलाइ भइरहेको सडक डिभिजन प्रमुख पवन भट्टराईले बताए ।

‘राजदुवालीतर्फ प्रयास गर्‍यौं, सफल नभएपछि अहिले जोगमाई खोलामा डाइभर्सन निर्माण गर्दैछौं,’ उनले भने, ‘तर पर्याप्त ह्युमपाइप नहुँदा केही दिन ढिलाइ हुनेछ ।’ पाँचथरबाट ह्युमपाइप मगाइएकाले मंगलबारसम्म आइपुग्ने अपेक्षा गरिएको छ । हाल डाइभर्सन निर्माणमा चारवटा स्काभेटर परिचालन गरिएको छ ।

गत असोज १८ गतेको बाढीले मेची राजमार्गअन्तर्गतको बेलीब्रिज बगाएपछि इलाम र झापा सडक सञ्जाल विच्छेद भएको हो । गत असारमा मात्रै निर्माण सम्पन्न गरिएको उक्त पुल बाढीले बगाएपछि सम्पूर्ण आवागमन अवरुद्ध बनेको हो ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार आइतबार स्थलगत निरीक्षणपछि तिल्केनी–सिमलगोलाइ सडकलाई वैकल्पिक मार्गका रूपमा सञ्चालन गर्ने निर्णय गरिएको छ ।
‘सकेसम्म छिट्टै सडक खुलाउने पहल भइरहेको छ,’ उनले भनिन्, ‘सडक डिभिजनले प्राविधिक पक्ष सम्हाल्दैछ, हामी समन्वयमा छौं ।’

हाल तिल्केनी–बज्रदेवी–नामसालिङ–नयाँबजार–फिक्कल सडकमार्ग हुँदै साना सवारी सञ्चालनमा रहेका छन् । तर ठूला र मालवाहक सवारीका लागि उपयुक्त वैकल्पिक बाटो अहिलेसम्म पहिचान गर्न सकिएको छैन । मोड बढी र सडक साँघुरो भएकाले ठूला गाडी सञ्चालन गर्न कठिन भएको नेपालले बताइन् ।

लगातारको वर्षा र पहिरोका कारण इलाम–राजदुवाली सडकखण्ड बन्द भएपछि इलाम, झापा, पाँचथर र ताप्लेजुङका यात्रुहरू यातायात सञ्जालविहीन बनेका छन् । जटिल भूसंरचना र उच्च जोखिमयुक्त भूभागका कारण तत्काल सडक सञ्चालनमा ल्याउन नसकिने भट्टराईले जनाए ।

0 thoughts on “मेची राजमार्ग अवरुद्ध, वैकल्पिक सडक पनि ठप्प : दस दिनदेखि इलाम–झापा सम्पर्क विच्छेद

  1. The biggest reason affiliate businesses fail isn’t the product or the website — it’s the “traffic drought”. You’ve likely spent hundreds on tools and “shiny objects,” only to see zero results and explain to your skeptical family why the business still isn’t profitable. The pain of watching your Clickbank stats stay at “zero hops” while your bank account bleeds from expensive Facebook ads or useless solo ads is enough to make anyone quit.

    https://www.novaai.expert/TrafficPanther

    Traffic Panther solves this by giving you the ultimate shortcut: you don’t have to build an audience; you simply plug into mine. The core benefit is instant access to a “Traffic Siphon” that redirects real, verified buyers from Jamie Lewis’s own YouTube channels and expired domains directly to YOUR affiliate links. For a tiny one-time fee, you bypass the need for technical skills or an ad budget and start seeing traffic that converts at 5% to 20% in seconds.

    https://www.novaai.expert/TrafficPanther

    You are getting this email
    since we believe
    the offer we provide
    could be relevant to you.

    If you do not wish to receive
    further communications from us,
    please click here to
    unsubscribe from these emails:

    https://www.novaai.expert/unsub?domain=sajilomedia.com
    Address: Address: 5718 Widnau 75, LOWER AUSTRIA 4112
    Looking out for you, Dolly Flack.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2