काठमाडौं । काठमाडौं महानगरका सामाजिक बिकास बिभागको आयोजनामा महानगरका सामुदायिक बिद्यालयका बिद्यालय बाल संरक्षण र घटना ब्यवस्थापन बारे एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
काठमाडौं महानगरपालिका सामाजिक बिकास बिभागीय प्रमुख समिक्षा निरौलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै बिभागीय प्रमुख निरौलाले कार्यक्रमको उदेश्य बारे प्रकाश पार्नु भएको थियो।
देशमा बाल अधिकार सम्वन्धी कानुन कार्यान्वयन नभई रहेको अवस्थामा बिद्यालय शिक्षा र शिक्षकहरु मार्फत अझ व्यापक बनाउने उदेश्यले काठमाडौं महानगरले सबै सामुदायिक बिद्यालयमा बाल संरक्षण शिक्षक ब्यवस्था गरि बालबालिकामा हुने जघन्य किसिमका घटना न्यूनीकरण गर्नमा महानगर लागिपरेको बताउनुभयो ।

बालबालिकामा माया, प्रोत्साहन , भेदभाव रहित समाजको सिर्जना गर्दै संवेदनशिल नेतृत्व र संविधानले सुनिस्चित गरेका बाल अधिकारलाई कार्यान्वयन गर्न काठमाडौं महानगरपालिका लागि परेको र त्यसलाई प्रभावकारी बनाउन बिद्यालय शिक्षकको महत्वपुर्ण भुमिका रहने बताउनुभयो।
अभिमुखिकरण कार्यक्रममा बालअधिकार सम्बन्धित कानुनको सारसंक्षेप राष्ट्रिय बाल अधिकार परिषद सदस्य लोचन रेग्मी, बाल संरक्षण शिक्षक र बिद्यालयमा बाल संरक्षण मापदण्ड र शिक्षकको भुमिकाका बारेमा सन्जिव न्यौपानेले प्रशिक्षण दिनुभएको थियो। त्यसैगरी बिद्यालयमा आउने गुनासो, घटना ब्यवस्थापन, बिद्यालय बाल क्लब गठन, संचालन एवं सहजीकरण सम्बन्धमा नविनचन्द्र घिमिरेले प्रशिक्षण दिनुभयो।
कार्यक्रममा काठमाडौं महानगरपालिका बाल कल्याण अधिकारी विनिता शर्माले कार्यक्रम समापन गर्दै अभिमुखिकरण कार्यक्रममा सहभागी बाल संरक्षण शिक्षकहरुलाई प्रमाणपत्र बितरण गर्नुभएको थियो।
अभिमुखिकरण कार्यक्रममा महानगरका ५३ वटा सामुदायिक बिद्यालयका बाल संरक्षण
शिक्षकहरुको सहभागीता रहेको थियो।
